Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई

सारांश

  • नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.
  • राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
  • नेकपा एमाले सिन्धुलीको पाँचौँ सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको बिचार बोक्न सक्नु पर्ने बताए ।

 

२४ चैत, रामेछाप ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । नेकपा एमाले सिन्धुलीको पाँचौँ सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको बिचार बोक्न सक्नु पर्ने बताए । जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदा अघि बढ्ने पार्टी सधैँ नयाँ हुने उनको धारणा छ ।

‘जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने । नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैँ नयाँ हुने उनको भनाइ छ । जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैँ नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ । एमालेले समाजलाई हानी हुने काम कहिल्यै पनि नगर्ने बताउँदै उनले एमाले गलत गर्नेलाई बचाउने पार्टी पनि नभएको स्पष्ट पारे । एमालेले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुने गरी नीति बनाउने उनको धारणा छ । उनले एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न निर्देशन दिए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज मनोजजंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए । पार्टीका नेताहरूलाई अभियानमा अझ सक्रियताका साथ लाग्न उनले आग्रह गरे । बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारको काममा लाग्ने बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलञ्जोर गाउँपालिकाको खनियाखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । जिल्ला पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्यहरू गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजङ्ग राई, उमा कोइराला, सुवास देवकोटा, निरु दर्लामी लगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज
प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत्‌मन्त्रीको भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत्‌मन्त्रीको भेट
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन