सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।
  • प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
  • उहाँले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको उल्लेख गर्नुभयो ।

७ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, पर्यटन लगायतका विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा उल्लेखनीय रोजगारीको सम्भावना रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुनः संरचना गर्ने र यसलाई अझ सिपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वेदशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पूँजी र सिपलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नु रहेको छ ।

सरकारले वि. स. २०८२ देखि २०९२ सम्मलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको हो । एक हिसाबले यो उत्पादनशीलता दशक पनि हो । नेपालका विकास प्रमुख क्षेत्रहरु उद्योग, पर्यटन लगायतका क्षेत्रमा निजी तथा सरकारीस्तरबाट ठुलो लगानी भइरहेकोले ति क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुर्नसंरचना गर्ने र यसलाई अझ सीपमुलक र रोजगारमुलक बनाउने नीति सरकारले लिएको छ ।’ अगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
वर्षाका कारण नेपाल र हङकङबिचको खेल ढिलाइ
वर्षाका कारण नेपाल र हङकङबिचको खेल ढिलाइ
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत