प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
९७ पटक हेरिएको
Shares
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ।
  • मंगलबार बिहान ११ बजेअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए।
  • ११ बजेपछि सूदुरपश्चिमका सांसदहरूसँग छलफल तय भइसकेकाले भेटवार्ता छोटो भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ।

१० साउन, काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ। मंगलबार बिहान ११ बजेअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए। ११ बजेपछि सूदुरपश्चिमका सांसदहरूसँग छलफल तय भइसकेकाले भेटवार्ता छोटो भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ। पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायबिच विवाद देखिएको थियो।

विवाद साम्य हुँदै जाँदा प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबार पुगे पनि के विषयमा छलफल भयो भन्ने विषयमा जानकारी नरहेको दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ।  तराईमा देखिएको प्रदर्शनलाई लिएर गतसाता राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने नियमित भेटघाट भएको बताए। ‘उहाँहरूबिच यस्ता नियमित भेटघाट भइरहन्छ, आजको भेट पनि त्यही अन्तर्गतको हो’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?