उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
११० पटक हेरिएको
Shares
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने

सारांश

  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ ।
  • बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
  • समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए ।

 

काठमाडौं ।

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए । समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको जनाइएको छ ।

दुवै पक्षबीच भएको सहमतिमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै दलित समुदायको अधिकार, पछाडि पारिएका वर्गको प्रतिनिधित्व तथा कमजोर समुदायको आवाजलाई राजनीतिक मूलधारमा स्थापित गर्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।
सहमति अनुसार जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार र कुशासनविरुद्धको अभियानलाई निरन्तरता दिने, घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्ने तथा विभेदमा परेका जाति, क्षेत्र, लिङ्ग र वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैगरी, दलित समुदायमाथि हुने जातीय छुवाछूत, विभेद र बञ्चितीकरण अन्त्यका लागि नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गरिएको छ।
राज्य सत्ता तथा पार्टी संगठनमा जनसंख्याको अनुपातमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा हाम्रो पार्टी नेपालका नेता–कार्यकर्तालाई उचित जिम्मेवारी र सम्मानजनक हैसियत प्रदान गर्ने सहमति पनि भएको छ ।

उज्यालो नेपाल पार्टीले उक्त समायोजनलाई नयाँ राजनीतिक संस्कार, साझा उद्देश्य र जिम्मेवार राजनीतिक अभ्यासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । पार्टीका मुख्यसचिव डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा समायोजनले समानता, सामाजिक न्याय र सुशासनको पक्षमा उभिएका शक्तिहरूबीच सहकार्य र एकताको सकारात्मक सन्देश दिएको उल्लेख गरिएको छ । पार्टीले आगामी दिनमा सबै पक्षको सहयोग र सक्रिय सहभागितामार्फत सुशासन, समृद्धि र सामाजिक न्यायसहितको ‘उज्यालो नेपाल’ निर्माण अभियानलाई अझ सशक्त बनाइने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु
करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली