Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
  • शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् ।
  • चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ ।

१३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् । चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्ने  स्रोतले जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?