निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २६, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ

सारांश

  • बाराको निजगढस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
  • निजगढ नगरपालिका–९ मा रहेको गुरुङ होटलमा बास बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् ।
  •   इलाका प्रहरी कार्यालय निजगढका अनुसार थिङ एक युवकसँग उक्त होटलमा बसेकी थिइन् ।

२६ वैशाख, रौतहट ।

बाराको निजगढस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । निजगढ नगरपालिका–९ मा रहेको गुरुङ होटलमा बास बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् ।  इलाका प्रहरी कार्यालय निजगढका अनुसार थिङ एक युवकसँग उक्त होटलमा बसेकी थिइन् । शुक्रबार राति करिब ११ बजे उनलाई निजगढ सामुदायिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए। अहिले मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने देखाएको छ । घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ ।  घटनापछि प्रहरीले होटलमा मृतक युवतीसँगै रहेका तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई पुरुष र एक महिला रहेका छन् । प्रहरीले हालसम्म उनीहरूको परिचय भने सार्वजनिक गरेको छैन । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र दोषी देखिएकाहरूलाई कानुनी दायरामा ल्याइनेछ,’ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा