लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी

सारांश

  •   लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपियाँ भुक्तानी भएको छ ।
  •   दुग्ध विकास संस्थान (डिडिसी) ले १ अर्ब र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपियाँ भुक्तानी गरेपछि आन्दोलित किसानले राहत पाएका हुन् ।
  • संस्थान र निजी डेरीहरूले गोदाममा थुप्रिएको धुलो दुध (पाउडर) र बटर बिक्री गरेर किसानको बक्यौता रकम तिरेका हुन् ।

 

२३ मंसिर, काठमाडौं । 

लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपियाँ भुक्तानी भएको छ ।  दुग्ध विकास संस्थान (डिडिसी) ले १ अर्ब र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपियाँ भुक्तानी गरेपछि आन्दोलित किसानले राहत पाएका हुन् ।

संस्थान र निजी डेरीहरूले गोदाममा थुप्रिएको धुलो दुध (पाउडर) र बटर बिक्री गरेर किसानको बक्यौता रकम तिरेका हुन् । डिडिसीले अझै ४५ करोड रुपियाँ (तीन महिनाको) तिर्न बाँकी रहेको जनाएको छ भने निजी डेरीहरूको अधिकांश भुक्तानी सकिएको छ । कृषि मन्त्रालयका अनुसार पछिल्लो समय मुलुकमा दूधको उत्पादन पनि बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?