वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
७५ पटक हेरिएको
Shares
वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी

सारांश

  • वर्षा रोकिएपछि अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ ।
  • पृथ्वी राजमार्ग लगायतका सडक खुलाएर आज दिउँसोसम्म गाडी सञ्चालन गर्ने तयारी छ ।
  • बुधबारदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत देशभरका सडक अवरुद्ध छन् ।

१२ असोज, काठमाडौं ।

वर्षा रोकिएपछि अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ । पृथ्वी राजमार्ग लगायतका सडक खुलाएर आज दिउँसोसम्म गाडी सञ्चालन गर्ने तयारी छ ।बुधबारदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत देशभरका सडक अवरुद्ध छन् ।आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुलाएर पोखरातर्फ जाने सवारी साधन सञ्चालन गरिएको थियो । मुग्लिन–काठमाडौं सडकखण्डमा पनि धेरै ठाउँमा पहिरो पन्छाइएको थियो । तर कुनै–कुनै ठाउँमा भने सडक एकतर्फी छ ।

आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारा भन्ने स्थानमा ठूलो ढुंगासहित फेरी पहिरो खसेकाले दुईतर्फी नै बाटो अवरुद्ध भएको छ । सो पहिरो पनि पन्छाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग खुलाउने तयारी गरिएको धादिङ प्रहरीले जनाएको छ ।

सो स्थानको पहिरो राति हटाउन सम्भव नभएकाले आज बिहानैदेखि पुन: हटाउन सुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

‘पानीधाराको पहिरो पन्छाएपछि काठमाडौं जाने सडक पुरै खुल्छ,’ उनले भने ।

सडक खुले पनि कृष्णभिर क्षेत्रको सडकको अवस्था हेरेर गाडी सन्चालन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगैको बाढीपहिरोले कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर अन्तर्गतको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेका छन् ।

ती सडक खण्डमा पनि सबै पहिरो हटाएर र कुनै ठाउँमा डाइभर्सन बनाएर सवारी आवागमन सन्चालनको प्रयास भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन  सत्ता पक्षकै नेताको माग
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन सत्ता पक्षकै नेताको माग
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
करिब १७ प्रतशितले बढ्यो राजस्व
करिब १७ प्रतशितले बढ्यो राजस्व
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन