१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
३२ पटक हेरिएको
Shares
१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?

सारांश

  •   सेयरबजारमा १८.
  • ३७ अंकको सुधार आएको छ।
  •   नेप्से उक्त अंकले बढेर २६१९.

 

१ पुस, काठमाडौं । 

सेयरबजारमा १८.३७ अंकको सुधार आएको छ।  नेप्से उक्त अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको हो। योसँगै बजारमा ३ अर्ब २९ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ७८ लाख कित्ता बिक्रीमा उक्त कारोबार भएको हो।  मंगलबार १८७ वटा सेयरको मूल्य बढ्दा ६१ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज पनि स्वस्तिक लघुवित्तका सेयरधनीले प्रतिकित्ता २३२.७० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक, एसवाई प्यानल, वाराही हाइड्रोपावर र लुम्बिनी विकास बैंकको पनि सेयर क्रमशः ९.९९, ९.९८, ७.०४ र ५.८१ प्रतिशतले सेयर बढेको छ।  श्वेत गंगा हाइड्रो, बोटलर्स नेपाललगायतको सेयर भने ४.१६ प्रतिशतसम्मले घटेको नेप्सेले उल्लेख गरेको छ। आज ङादी ग्रुप पावरको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोडको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?