कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिय : उम्मेदवारी दर्ता १ बजेबाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
८० पटक हेरिएको
Shares
कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिय : उम्मेदवारी दर्ता १ बजेबाट

सारांश

  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ताका लागि फाराम वितरण भइरहेको छ ।
  • केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अहिले उम्मेदवारहरुका लागि फाराम वितरण भइरहेको र १ बजेबाट दर्ता सुरु गरिनेछ ।
  • देशभरबाट आएका सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने छन् ।

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ताका लागि फाराम वितरण भइरहेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अहिले उम्मेदवारहरुका लागि फाराम वितरण भइरहेको र १ बजेबाट दर्ता सुरु गरिनेछ ।

देशभरबाट आएका सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने छन् ।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ताको काम सुरु गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिइ उम्मेदवारी दर्ता गर्न सकिने छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु¥याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु¥याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो
इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
फोनमा चर्को बोलेको निहुँमा साथीको घाँटी रेटेर ह*त्या
फोनमा चर्को बोलेको निहुँमा साथीको घाँटी रेटेर ह*त्या
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
मिश्राको दादागिरी यादवको जग्गा कब्जा
मिश्राको दादागिरी यादवको जग्गा कब्जा
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
काम खोज्दै ११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा
काम खोज्दै ११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा