नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित

सारांश

  • चैत २५ गते (भोलि) हुने भनिएको नारायणगढ–गोन्द्राङ सडकखण्ड उदघाटनको कार्यक्रम स्थगित भएको छ ।
  • सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको ६ किलोमिटर लामो ६ लेन सडक प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते सोमबार उदघाटन गर्ने तयारी थियो ।
  • तर प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण सडक उदघाटन कार्यक्रम स्थगित गरिएको सडक डिभिजन प्रमुख नारायणप्रसाद लामिछानेले बताए ।

२४ चैत, चितवन ।

चैत २५ गते (भोलि) हुने भनिएको नारायणगढ–गोन्द्राङ सडकखण्ड उदघाटनको कार्यक्रम स्थगित भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको ६ किलोमिटर लामो ६ लेन सडक प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते सोमबार उदघाटन गर्ने तयारी थियो । तर प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण सडक उदघाटन कार्यक्रम स्थगित गरिएको सडक डिभिजन प्रमुख नारायणप्रसाद लामिछानेले बताए ।

‘विदेशबाट हिजो मात्रै फर्किनुभएको छ, केही व्यस्त हुनुभएको भन्ने जानकारी आयो’ डिभिजन प्रमुख लामिछानेले भने, ‘मन्त्रालयले पछि उद्घाटन गर्ने गरी मिति तय गरेपछि तयारीमा लाग्छौं ।’ एमाले चितवनका अध्यक्ष कमलराज पाठकले पनि प्रधानमन्त्री ओली सोमबार चितवन आउने कार्यक्रम हाललाई रोकिएको जानकारी दिए । ‘उहाँ भोलि नै आउन नभ्याइने भन्ने जानकारी आयो,’ एमाले अध्यक्ष पाठकले भने, ‘वैशाखको ५/६ गतेतिर आउने कुरा पनि छ ।’ प्रधानमन्त्री ओली नआउने भएपछि एमाले भरतपुर महानगरपालिकाको अधिवेशन पनि रोकिएको उनले बताए । एसियन मापदण्डको हाईवे अन्तर्गत नारायणगढ–गोन्द्राङ सडकखण्ड तयार भएसँगै भरतपुर नारायणगढ सडक क्षेत्र चिटिक्क देखिएको छ ।

सडक बिस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रा.लिले सडक बिस्तारको काम गत पुस २८ गते सकिएको जनाएको छ । संघीय सरकारको एक अर्ब बाह्र करोड रुपैयाँ (भ्याटसहित) को लागतमा यो सडक विस्तार गरिएको हो । २०७७ माघ १७ गते तत्कालिन प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए । पहिले दुई लेन मात्रै रहेको सडकलाई बिस्तार गरेर बीचमा चार लेन र दुबै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ । सडक बिस्तारसँगै दुबै तर्फ ६ सय बत्ती जडान गरिएको छ । ५० मिटर चौडाइ रहेको ६ लेन सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीका तार अन्डरग्राउन्ड गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो
असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
भृकुटीमण्डपमा प्रदर्शनसहित एमालेको सभा सुरु हुँदै
भृकुटीमण्डपमा प्रदर्शनसहित एमालेको सभा सुरु हुँदै
लागु औषधसहित एकजना पक्राउ
लागु औषधसहित एकजना पक्राउ
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
कांग्रेस-एमालेको बालुवाटार बैठकले संसद् बस्न ढिलाइ
कांग्रेस-एमालेको बालुवाटार बैठकले संसद् बस्न ढिलाइ
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौँ घोषणापत्र जारी
प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौँ घोषणापत्र जारी