सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २८, २०८०
|
|
६९ पटक हेरिएको
Shares
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।
  • आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका हुन् ।
  • उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे ।

२८ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका हुन् । उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे । उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न समेत गरे । त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरेका थिए । उनले भने, ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो । जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरू मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ? अरुण चौधरीको जति कित्ता शेयर छ त्यति नै कित्ता अन्यको पनि छ ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापाबारे केही पत्ता लाग्यो कि लागेन ? इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे केही पत्ता लाग्यो कि लागेन ? पत्ता लगाउन के–के प्रयास भयो ? मुद्दा चलिरहेका बिचौलियाहरूले नाम पोलेका पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमती नैनकला थापाको अनुसन्धानबारे के भयो ? यसबारे पनि केही अपडेट छन् भने अपडेट दिनुहोला ।’ ‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकको वैयक्तिक तथा जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय मन्त्रीपरिषद्ले खारेज गरेको समाचार आएको थियो । त्यस्तो निर्णय कसको संलग्नतामा कसरी गरियो भन्ने पत्ता लगाउने कार्यादेशसहित नै प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको समाचार आएको थियो । त्यसले रिपोर्ट बुझायो कि बुझाएन ? सार्वजनिक किन गर्नुभएन ? त्यत्रो राष्ट्रघात भएको कुन विदेशी कम्पनी थियो जनतालाई जानकारी गराउनु पर्दैन र ?,’ उनले थप प्रश्न तेर्स्याएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने
रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार