मिथिलाञ्चलमा आज जितिया पर्व सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
१०१ पटक हेरिएको
Shares
मिथिलाञ्चलमा आज जितिया पर्व सम्पन्न

सारांश

  • सन्तानको सौर्यवृद्धि र कल्याणका लागि मिथिलानी आमाहरूले तीन दिन गरेको जितिया पर्वको व्रत आज सम्पन्न भएको छ ।
  • शुक्रबारदेखि प्रारम्भ भएको व्रतको विधि आज तेस्रो दिन समाप्त भएको हो ।
  • कतिपय स्थानमा विहान नदि तथा जलाशयमा स्नान ध्यान गरी व्रतालुमहिलाहरुले विधिपूर्वक व्रर्त समाप्त गरेकी छन् भने कतिपय स्थानमा घर पुगेर पूजा गरी व्रर्त तोड्ने परम्परा छन् ।

जनकपुर । सन्तानको सौर्यवृद्धि र कल्याणका लागि मिथिलानी आमाहरूले तीन दिन गरेको जितिया पर्वको व्रत आज सम्पन्न भएको छ ।

शुक्रबारदेखि प्रारम्भ भएको व्रतको विधि आज तेस्रो दिन समाप्त भएको हो । कतिपय स्थानमा विहान नदि तथा जलाशयमा स्नान ध्यान गरी व्रतालुमहिलाहरुले विधिपूर्वक व्रर्त समाप्त गरेकी छन् भने कतिपय स्थानमा घर पुगेर पूजा गरी व्रर्त तोड्ने परम्परा छन् ।

जितिया व्रतको परम्परा असोज कृष्णपक्षको अष्टमी तिथिसँग जोडिएको छ । यसलाई पितृपक्ष पनि भनिन्छ ।

जितिया व्रतको विधान अनुसार एक अहोरात्र कटेपछि नवमी तिथिमा व्रत पूरा गर्नुपर्छ । पितृपक्षका दिन हुने यस पर्वमा बर्तालुहरूले सप्तमी तिथिमा पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रतको संकल्प गर्ने चलन छ ।

सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरूप चढाइन्छ । साथै दिवंगत सासू, बूढीसासू, ज्यामै सासू र जेठानीरदेवरानी तथा मातृकूललाई सम्झेर व्रत पूरा गर्ने परम्परा छ । जितिया पर्वको मुख्य दिनमा बर्तालुहरूले राजा जिमुतवाहनको कथा सुन्छन् ।

पुराणकथाका अनुसार द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीको दिन एक विधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई व्युताएका थिए । त्यसको स्मरणमा सन्तानको कल्याणको लागि जितिया व्रतको परम्परा सुरू भएको विश्वास मिथिलामा छ ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि आमाहरूले आफ्नो परिवार र सन्तानको दीर्घायु, स्वास्थ्य र सफलता कामना गर्दै व्रतमा जुटेकी थिइन् । विशेष गरी मिथिलाञ्चल क्षेत्रमा जितिया पर्वको महत्व रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई
आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
बुबाको किरिया बसेका छोराको मृत्यु
बुबाको किरिया बसेका छोराको मृत्यु
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?