वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब बढी राजस्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब बढी राजस्व संकलन

सारांश

  • वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।
  • भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
  • वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए।

२ असोज, वीरगञ्ज ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए। “साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो”, उनले भने, “भदौमा मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।” वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते रु एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै भदौ २८ गते रु एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजीको प्रदर्शनका दिन भदौ २४ गते रु तीन करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु ११ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन ग¥यो भने भदौ महिनामा भने रु २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु
मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै