नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण

सारांश

  •   नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
  • उहाँले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेसवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गर्नुभयो ।

६ साउन, काठमाडौं । 

नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै नागरिकको गास, बास र कपासको व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको उल्लेख गर्दै मधेसवासीलाई खानेपानी उपलब्ध गराउन पनि माग गर्नुभयो । सांसद भट्टले राष्ट्रिय सभा सदस्यहरुको भूमिका र उमेरलाई लिएर प्रश्न उठ्ने गरेको उल्लेख गर्दै  यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाहीलाई लक्षित गर्दै काट्टो खाएको मान्छेले पिण्ड के हो भन्ने कुरा नबुझ्ने टिप्पणी गर्नुभयो । केही समय अघि सांसद शाहीले राष्ट्रिय सभा वृद्धाश्रम भएको  भनी दिनुभएको थियो । सांसद भट्टले भन्नुभयो, ‘जसले काट्टो खाएको छ उसलाई पिण्ड के हो भन्ने कुरा कसरी बुज्छ ?

ती काट्टो खानेवालाहरुलाई भन्न चाहान्छु पिण्ड भनेको सम्मानको शब्द हो । त्यसकारण यो राष्ट्रिय सभाको गरिमा छ । यसको औचित्य छ । यो सभाले कुलिङ अफ पिरियडको कुरामा मात्र होइन यहाँ आउने सबै विधेयकहरुमा राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गरेको कुरा प्रमाणित गर्छ । एकथरी आन्दोलन के हो ? जेल के हो ? परिवर्तन के हो ? केही पनि थाहा छैन । सानो छिसिक्क केही भयो कि राजनीनामा भन्छन् । मलाई त राति निद्रामा बिउँझिदा पनि राजीनामा नै भन्छन् कि जस्तो लाग्छ ।’ उहाँले परिवर्तन र आन्दोलन केही नदेखेकाहरुले गृहमन्त्रीको राजीनामा मागिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्त महाराजगञ्जलाई मोटरसाइकल हस्तान्तरण
मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्त महाराजगञ्जलाई मोटरसाइकल हस्तान्तरण
मधेश सरकारले मनाएन संविधान दिवस
मधेश सरकारले मनाएन संविधान दिवस
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर