चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
५८ पटक हेरिएको
Shares
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
  • जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्दै छ ।
  • बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरूसँग छलफल हुने छ ।

१२ असार, काठमाडौं ।

आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरूसँग छलफल हुने छ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । बिहान ९ बजे सिंहदरबारमा बस्ने उक्त बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने छ । त्यस्तै,संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका माननीय सदस्यहरूलाई कार्य योजना वितरण गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
मिश्राको दादागिरी यादवको जग्गा कब्जा
मिश्राको दादागिरी यादवको जग्गा कब्जा
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
कारोबारसँगै घट्यो सेयर बजार
कारोबारसँगै घट्यो सेयर बजार
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...