चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
३७ पटक हेरिएको
Shares
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
  • जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्दै छ ।
  • बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरूसँग छलफल हुने छ ।

१२ असार, काठमाडौं ।

आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरूसँग छलफल हुने छ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । बिहान ९ बजे सिंहदरबारमा बस्ने उक्त बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने छ । त्यस्तै,संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका माननीय सदस्यहरूलाई कार्य योजना वितरण गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
सर्लाहीमा नयाँ प्रजिअ सुवेदी हाजिर 
सर्लाहीमा नयाँ प्रजिअ सुवेदी हाजिर 
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना