१० श्रावण २०८२, शुक्रबार

भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग

८ साउन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले यस्तो माग गर्नुभएको हो । उहाँले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाउनु भयो ।

सांसद कार्कीले सरकारल दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाउनु भयो ।  उहाँले भन्नुभयो, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैंसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरु वर्षौंदेखि संघर्षमा हुनुहुन्छ । तर हिजो अमस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो ।

जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठूलो आगन किन चाहियो ? त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ ।’ सांसद कार्कीले सरकारको जनआकाङ्क्षाविपरितका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उहाँको भनाइ छ । दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसदलाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?