संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
१०३ पटक हेरिएको
Shares
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनअगाडि नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
  • नेपाली कांग्रेसले शनिबार धनकुटामा आयोजना गरेको कार्यक्रममा बौल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानु पर्ने बताएका छन् ।
  • अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेको भन्दै उनले तिनलाई संशोधन गरेर मात्र निर्वाचनमा जानु पर्ने बताए ।

 

३० चैत, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनअगाडि नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।नेपाली कांग्रेसले शनिबार धनकुटामा आयोजना गरेको कार्यक्रममा बौल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानु पर्ने बताएका छन् । अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेको भन्दै उनले तिनलाई संशोधन गरेर मात्र निर्वाचनमा जानु पर्ने बताए ।

‘नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानभित्र थुप्रै प्रबन्धहरू छन् । तीमध्ये कतिलाई संशोधन गर्नु आवश्यक छ,’ महामन्त्री थापाले भने, ‘निर्वाचन प्रणालीमा सुधार गर्न, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारीलाई अझ बढी प्रभावकारी र जिम्मेवार बनाउन पनि संविधान संशोधन गर्नैपर्ने अवस्था छ । त्यसपछि मात्र २०८४ को निर्वाचनमा जानुपर्छ ।’ नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले मुलुकका सामुन्ने आएका ठूलठूला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए । ‘नेपाली कांग्रेस राष्ट्रको मुख्य शक्ति हो । राष्ट्रका मुख्य समस्या हल गर्ने यसको मुख्य धर्म हो । यो धर्म धेरै पहिलेदेखि पार्टी नेतृत्वले निर्वाह गर्दै आए, अहिले हाम्रो काँधमा आएको छ, हामीले पनि त्यो भूमिका निर्वाह गर्नुपर्नेछ,’ उनले भने ।

राष्ट्रिय अभिभारा पूरा गर्ने क्रममा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीसँग जोखिम मोलेर शान्तिवार्ता गरेको र हिंसाबाट ग्रस्त मुलुकलाई शान्तिमा रुपान्तरण गरेको उनले चर्चा गरे । त्यस्तै, संविधान बनाउने क्रममा २०७२ मा सभापति सुशील कोइरालाले माओवादीलाई पनि समेटेर जानुपर्छ भनेर राष्ट्रिय भूमिका निर्वाह गरेकै कारण संविधान बनेको उनले बताए । ‘२०६० सालमा धनगढीमा नेपाली कांग्रेसका कार्यकर्ता माओवादीबाट मारिए । पार्टी सभापति गिरिजाप्रसाद कोइराला त्यसपछि धनगढी जान खोज्नुभयो तर सरकारले सुरक्षा दिन सक्दैनौं भनेपछि उहाँ फर्कनुपर्‍यो । र, पार्टीका साथीहरूसँग कांग्रेसको सभापतिको रूपमा मैले आफ्ना कार्यकर्तालाई त जोगाउ नसकेको छैन भने यो देशमा नागरिक कसरी सुरक्षित हुन सक्छ । त्यसैले अब म जस्तो सुकै जोखिम मोलेर पनि यो देशलाई हिंसाबाट बाहिर निकाल्छु भनेर माओवादीसँग वार्ता सुरु गर्नुभयो,’ थापाले भने ।

 

उनले थपे, ‘२०७२ मा अहिलेको प्रधानमन्त्री केपी ओली एमाले अध्यक्ष नै हुनुहुन्थ्यो । माओवादीलाई देखाइदिउँ भन्नुहुन्थ्यो । हाम्रो पार्टी सभापति सुशील कोइराला त्यसरी हुन्नँ, सबैलाई मिलाएर जानुपर्छ भन्नुहुन्थ्यो । त्यही नेताले संविधान बनाउन सक्यो, त्यसबेला केपी ओलीले भनेजस्तो देखाइदिउँ भनेर लागेको भए देश नयाँ द्वन्द्वमा फस्ने थियो ।’ महामन्त्री थापाले अझ अगाडि भने, ‘संविधान जारी गरेपछि एकथरिले मधेशवादीलाई छाडेर चुनाव जाऔँ भनिरहे । तर, कांग्रेसले त्यसो गर्नु हुँदैन भनेर राष्ट्रिय अभिभारा पूरा गर्दै मधेशकेन्द्रित दलहरूलाई पनि निर्वाचनमा सहभागी हुने अवस्था बनायो । जसका कारण संविधान कार्यान्वयन हुन सक्यो । कांग्रेस राष्ट्रिय शक्ति भएकै कारण यी भूमिका निर्वाह गरेको हो ।’ उनले अहिले नेपाली नागरिकमा असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । ‘असन्तुष्टिलाई निराशामा परिणत हुन दिनु हुँदैन । हामीलाई पटकपटक साथ दिएका जनताले आफूहरूसँग दलहरूले गरेका बाचा किन पूरा भएनन् भनेर असन्तुष्टि जनाएका हुन्, त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृ*त्यु
अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृ*त्यु
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
ऊर्जामन्त्री खड्का चीन प्रस्थान
ऊर्जामन्त्री खड्का चीन प्रस्थान
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध