प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ६, २०८३
|
|
५८६ पटक हेरिएको
Shares
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक

सारांश

  • प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ ।
  •  प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
  •  प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा लगेका हुन् भने मतदाता नामावली (पहिलो संशोधन) विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढाएका हुन् ।

६ जेठ, काठमाडौं ।

प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा लगेका हुन् भने मतदाता नामावली (पहिलो संशोधन) विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढाएका हुन् । नेपालको संविधानको धारा ८४ को उपधारा (२) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्दसूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ ।

२०७८ सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याएको प्रधानमन्त्री बालेनले विधेयकमै बताएका छन् । मतदाता नामावली संशोधन विधेयक ल्याउनुको कारणमा प्रधानमन्त्री बालेनले यसअघि अध्यादेशमार्फत भएको संशोधनलाई देखाएका छन् । २१ फागुनको निर्वाचनका लागि छुट भएका मतदातालाई मतदाता नामावलीमा समावेश गराउन सरकारले अधयादेश ल्याएको थियो । अध्यादेशबाट संशोधन भएका विषयलाई कानुनी रुपमा मान्यता दिन सरकारले अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ
बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए