‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
५५ पटक हेरिएको
Shares
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन

सारांश

  • प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको धनुषाको ट्राफिक प्रमुख हरि बहादुर वलीले बताए ।
  • शुक्रबार मधेश प्रदेश राजधानी जनकपुरधामको मुल चौकहरुमा ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताहलाई अगाडी बढाउँदै वलीले विद्यालयको पाठ्यक्रममा समेत ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए ।
  • ट्राफिक प्रमुख हरि बहादुर वलीले भने, ‘आजको बालबालिकाहरु भोलिको भविष्य रहेको कारणले बालबालिकाहरुको विशेष उपस्थितिमा गराउने यसले समाजमा ठुलो परिवर्तन ल्याउने विश्वास रहेको छ।

मौसम झा (पाठक)

७ असार, जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको धनुषाको ट्राफिक प्रमुख हरि बहादुर वलीले बताए ।

शुक्रबार मधेश प्रदेश राजधानी जनकपुरधामको मुल चौकहरुमा ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताहलाई अगाडी बढाउँदै वलीले विद्यालयको पाठ्यक्रममा समेत ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए । ट्राफिक प्रमुख हरि बहादुर वलीले भने, ‘आजको बालबालिकाहरु भोलिको भविष्य रहेको कारणले बालबालिकाहरुको विशेष उपस्थितिमा गराउने यसले समाजमा ठुलो परिवर्तन ल्याउने विश्वास रहेको छ। बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीहरुले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए ।’

ट्राफिक प्रमुख वलीले भने नियमको पालना गर्न र गराउनको लागि आग्रह गरे । बस चालकले सवारी सधानको अवस्था बारेमा पूर्व जानकारी राख्नुपर्ने टिप्पणी गरेको छ। भित्री सडकमा बढ्दो चाप, सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरीको एकाइहरुको अभाव ट्राफिक वस्वस्थानका अभाव, अटो तथा रिक्साहरुको व्यवस्थापनमा समस्या, हुलाकी तथा भित्री सडकहरुमा सिसिसटभी नहुँदा दुर्घटनाको सङ्ख्या बढ्दै गरेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?