हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा
सर्लाही। सर्लाहीको हरिपूर्वा नगरपालिकामा १२ वर्षको लामो प्रतीक्षापछि १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ। अस्पतालको उद्घाटन नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गरेका हुन्।
यस अस्पतालको भवन निर्माण २०७९ सालमै सम्पन्न भएको थियो, तर बजेटको अभावका कारण सञ्चालनमा ढिलाइ भएको थियो। हाल अस्पतालमा दुई एमबिबिएस चिकित्सक, एक रेडियोग्राफर, एक आँखा स्वास्थ्यकर्मी र तीन जना सिनियर अहेब नियुक्त भएका छन्।
अस्पताल निर्माणका लागि पाँचजना जग्गादाताले १० कट्ठा जग्गा दान गरेका थिए। उद्घाटन समारोहमा नगरपालिकाले यी जग्गादाताहरूलाई विशेष सम्मान गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अस्पतालको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सुझाव दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment