संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
३ असोज ,जनकपुरधाम– महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको विरोधमा जनकपुरधाममा कालो झण्डा गाडेको छ ।वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलोपाले जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा गाडेको हो । तमलोपाका केन्द्रीय सदस्य ईश्वर पण्डित नेतृत्वका तमलोपा कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा गाडेका हुन् । विरोधमा सहभागी मलोपा केन्द्रीय सदस्य विभा ठाकुरले मधेसी जनताको विरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपूरो रहेको बताइन् ।
उनले सम्पूर्ण नेपालीका माग सम्बोधन नभएसम्म वर्तमान संविधानलाई यथास्थितिमा स्वीकार नगर्ने बताइन् ।मधेसी जनतामाथि संविधान जबरजस्ती लादिएको भन्दै उनले अपूरो कुराको विरोध गरिरहने तमलोपाका नेतृ बिन्दु ठाकुरले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment