सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
१३७ पटक हेरिएको
Shares
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र

सारांश

  • संगठनले जिल्ला प्रशासन कार्यालय, मलंगवामा बुझाएको ज्ञापनपत्रमार्फत गरीब, सर्वसाधारण, दलित किसानहरू गम्भीर समस्यामा परेको जनाएको छ।
  • किसानहरूले खाद मल महँगो मूल्यमा खरिद गर्नुपरेको र धेरैले भारतबाट ल्याउँदा सीमामा थप समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ।
  • प्रेस विज्ञप्तिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन मलंगवामा अनियमितता र कमिसनको भरमा हुने बेथिति रोक्न माग गरिएको छ।

८ भदौ, सर्लाही 

सर्लाही जिल्लामा धान रोपाइँको समयमा पानी र मलको ठूलो अभाव भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चिन्ता व्यक्त गरेको छ। संगठनले जिल्ला प्रशासन कार्यालय, मलंगवामा बुझाएको ज्ञापनपत्रमार्फत गरीब, सर्वसाधारण, दलित किसानहरू गम्भीर समस्यामा परेको जनाएको छ। किसानहरूले खाद मल महँगो मूल्यमा खरिद गर्नुपरेको र धेरैले भारतबाट ल्याउँदा सीमामा थप समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ।

प्रेस विज्ञप्तिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन मलंगवामा अनियमितता र कमिसनको भरमा हुने बेथिति रोक्न माग गरिएको छ। अनेरास्ववियुका अनुसार कुन पालिकामा कति मल वितरण गरिएको छ, कुन डिलरमार्फत हस्तान्तरण गरिएको छ, र सर्लाही जिल्लामा यस वर्ष कति मल आएको हो भन्ने सम्पूर्ण विवरण एक हप्ताभित्र सार्वजनिक गर्न सरकारसँग आग्रह गरिएको छ।

अनेरास्ववियु नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रायले भने, “किसानलाई मल र पानी अभावमा राखेर सरकार उदासीन हुन मिल्दैन। हामी किसानहरूको अधिकार र न्यायका लागि सडक संघर्षमा जान बाध्य हुनेछौं,” भन्दै तत्काल समाधानका लागि सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु
बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
मरिण खोलामा डुबेर एक जनाको मृत्यु
मरिण खोलामा डुबेर एक जनाको मृत्यु
लिग २ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
लिग २ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित