११ श्रावण २०८२, शनिबार

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत

 

१ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।

मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । यस्तै प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न पनि आफू सकारात्मक रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?