राइजिङ स्टार्स कप : नेपालको कसिलो बलिङ, यूएई १२१ रनमा अलआउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
६९ पटक हेरिएको
Shares
राइजिङ स्टार्स कप : नेपालको कसिलो बलिङ, यूएई १२१ रनमा अलआउट

सारांश

  • एसीसी राइजिङ स्टार्स कप अन्तरगतको आफ्नो दोस्रो म्याचमा नेपालले यूएईलाई १२१ रनमा रोकेको छ ।
  • टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई नेपालको धारिलो बलिङसामू निरिह बन्यो ।
  • नेपालका लागि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

काठमाडौं ।

एसीसी राइजिङ स्टार्स कप अन्तरगतको आफ्नो दोस्रो म्याचमा नेपालले यूएईलाई १२१ रनमा रोकेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई नेपालको धारिलो बलिङसामू निरिह बन्यो ।नेपालका लागि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३-३ विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दा केवल ११ रन खर्चिएका थिए ।

खराब सुरुवात गर्दै यूएईले ११ रनमा २ विकेट गुमाएको थियो । ओडिआई डेब्यू गरेका रसिद खानले आर्यान्स शर्मालाई ८ रनमा आउट गरे । अंश टन्डन पनि १ रनको निजी स्कोरमा रनआउट भएका थिए ।

यूएईले तेस्रो विकेटका लिग बलियो साझेदारी गर्यो । हर्प्रत सिंह र मुहम्मद सेहदादबीच भएको ६३ रनको साझेदारी सन्दीपले तोडेपछि भने यूएईको ब्याटिङ धराशयी बन्यो । यूएईका ८ जना ब्याटरले दोहोरो अंक छून सकेनन् ।यूएईका लागि सेहदादले सर्वाधिक ४० रन र हरप्रितले ३२ रन जोडे । ३९.५ ओभरमा यूएईले आफ्ना सबै विकेट गुमायो । यूएईविरुद्ध कप्तान सन्दीपले अत्यधिक स्पिन आक्रमण गरेका थिए । उनले ५ जना स्पिनर प्रयोग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव
थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
भारतीय उद्योगपति रतन टाटाको निधन
भारतीय उद्योगपति रतन टाटाको निधन
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा