मिटरब्याज पीडितलाई न्याय दिलाउने गृहमन्त्रीको आश्वासन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २८, २०८०
|
|
१८ पटक हेरिएको
Shares
मिटरब्याज पीडितलाई न्याय दिलाउने गृहमन्त्रीको आश्वासन

सारांश

  • मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले छलफल गरेका छन्।
  •  ​ प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका मन्त्री लामिछानेले पीडितसँग छलफल गरेका हुन्।
  • ​ छलफलमा मन्त्री लामिछानेले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिए।

२८ चैत, जनकपुरधाम। मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले छलफल गरेका छन्।  ​

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका मन्त्री लामिछानेले पीडितसँग छलफल गरेका हुन्। ​ छलफलमा मन्त्री लामिछानेले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिए।  मन्त्री लामिछानेले घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह गरे।

छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए।  उनीहरुले पुरानो आयोगले समय अभावका कारण टुंग्याउन नसकेका निवेदन जो जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो, सो नयाँ आयोगलाई हस्तान्तरण गरिनुपर्ने माग समेत गरेका थिए।

पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेकोबारे पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा गृहमन्त्री लामिछानेले प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा भेला भएका मधेसका सबै प्रजिअ र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताए।

पटक–पटकको छलफल निश्कर्षबिहीन भए पनि लामिछाने गृहमन्त्री भए लगत्तै उनकै सक्रियतामा सहमति भई आयोग गठन भएकाप्रति पीडितले मन्त्री लामिछानेलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
सुन आयोगमा महराले दिए डेढ घण्टा बयान
सुन आयोगमा महराले दिए डेढ घण्टा बयान
परराष्ट्रमन्त्री शर्माले लिए शपथ
परराष्ट्रमन्त्री शर्माले लिए शपथ
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते