मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ११, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन

सारांश

  • मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।
  • मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।
  • बेपत्ता भएकाहरू सबै नेपाली हुन्।

 

११ असोज, काठमाडौं ।

मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो । बेपत्ता भएकाहरू सबै नेपाली हुन्।

‘हिमपहिरोमा पर‍ेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले  भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ