लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
८२ पटक हेरिएको
Shares
लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले २०८२ साल वैशाख २३ गते अर्को तारिख दिएको छ ।
  • बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेक बहसपछि एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पहिलो तारेख बुझ्न आज रुपन्देही जिल्ला अदालत पुगेका थिए ।
  • अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अर्को तारेख २३ वैशाखलाई दिइएको जानकारी दिए ।

२६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले २०८२ साल वैशाख २३ गते अर्को तारिख दिएको छ ।बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेक बहसपछि एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पहिलो तारेख बुझ्न आज रुपन्देही जिल्ला अदालत पुगेका थिए ।

अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अर्को तारेख २३ वैशाखलाई दिइएको जानकारी दिए । उनले सोमबार रविको तारेख परेको र सोही तारिख बुझ्न अदालतमा उपस्थित भएको पनि बताए । जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले

१३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो । लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् । लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ
सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री शर्मा
सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री शर्मा
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा