सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १३, २०८२
|
|
६९ पटक हेरिएको
Shares
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड

सारांश

  • मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।
  • मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो ।
  • उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए ।

१३ माघ, काठमाडौं ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।
मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो । उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए । अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने उनको भनाई छ ।

उनले भने,‘अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ । सोसल मिडियामा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्नसकिन्छ ।’
त्यस्तै उनले सिद्धान्ताको दृष्टिकोणले अध्यक्ष किरणप्रति सम्मान रहेको बताउँदै तर बौद्ध भिक्षुक रहेसम्म उनको घण्टी बजाउने तरिकाले यो देशमा केही नहुने टिप्पणी गरे ।

‘किरण जीलाई मैले पनि आदार गर्छु, सिद्धान्तको दृष्टिकोणले मेरो मनमा उहाँप्रति आक्रोस छैन, उहाँलाई अपमान गर्न पनि कुनै मन छैन , तर उहाँले बौद्ध भिक्षुक रहेसम्म घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला केही छैन, ’उनले भने । संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको बताए । उनको अनुसार भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो
शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
सिन्धुली कार दु*र्घटना : चालकसहित ३ जना बेपत्ता
सिन्धुली कार दु*र्घटना : चालकसहित ३ जना बेपत्ता
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री