सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र

सारांश

  • गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ ।
  • घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.
  • ३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो ।

 

२१ वैशाख, गोरखा ।

गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ ।

एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले २९ करोड ७७ लाख लागतमा सो सडक कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर कपिल काप्रीले जानकारी दिए । २०८१ चैत मसान्तभित्र काम सक्ने गरी २०७७ साउन १५ मा ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता भएपछि कोभिड–१९ का कारण केही ढिलाइ भएको थियो’,  इन्जिनियर काप्रीले भने, ‘सडक कालोपत्रसँगै एक मिटर चौडाइको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । सडक कालोपत्र भएपछि स्थानीय उत्साहित भएका बारपाक सुलिकोट गाउँपालिका–७ का अध्यक्ष कृष्ण गुरुङले बताए ।

हाल सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । ‘यो ट्रयाक २०५४ सालतिरै खुलेको हो । तर हालसम्म पनि कालोपत्र हुन सकेको थिएन’, उनले भने, ‘सधैँ कच्ची सडकमै यात्रा गर्नुपर्ने चिन्ता थियो ।’ सडक कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष गुरुङ बताउँछन् । उनी भन्छन्, ‘पहिला कच्ची सडक हुँदा यातायातको समस्या थियो । बर्खामा ठाउँठाउँमा पहिरो जाने, सडक हिलाम्य हुँदा सास्ती थियो । सडक कालोपत्र भएपछि बर्खाको समयमा समेत सहजै यातायात सञ्चालन हुने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
दश अनलाइन मिडियामाथि प्रेस काउन्सिलको प्रतिबन्ध
दश अनलाइन मिडियामाथि प्रेस काउन्सिलको प्रतिबन्ध
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य
नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
प्रदीप अधिकारीकी पत्नीमाथि अनुसन्धान गर्न अख्तियारको पत्राचार
प्रदीप अधिकारीकी पत्नीमाथि अनुसन्धान गर्न अख्तियारको पत्राचार