इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२१ पटक हेरिएको
Shares
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

सारांश

  • सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामुहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौमा प्रदर्शन गरिएको छ।
  •    शनिबार काठमाडौँको माईतीघर मण्डलमा युवा तथा सामाजिक अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।
  • उनीहरू ‘इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर’ लगायतका नारा लेखिएका प्लेटकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्।

३० फागुन,काठमाडौं ।

सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामुहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौमा प्रदर्शन गरिएको छ।   शनिबार काठमाडौँको माईतीघर मण्डलमा युवा तथा सामाजिक अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। उनीहरू ‘इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर’ लगायतका नारा लेखिएका प्लेटकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरू हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटनामा कडा कारबाहीको ब्यवस्था गर्न माग गरेका छन्। फेरि यस्ता घटना नहुने व्यवस्थाका लागि सरकारलाई दबाब दिन प्रदर्शनमा उत्रिएको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन्। सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६, बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर-१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका-४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पताल पुगेको केही समयमै इनिशालाई चिकित्सकले मृत घोषणा गरेका थिए।  जिल्ला प्रहरी कार्यालय, सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।  इनिशाका आफन्तले हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले इनिशाको शव बुझेका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : ओली
एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : ओली
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि
महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री