काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
८ पुस, काठमाडौं ।
भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय काठमाडौँ महानगरपालिकाले खारेज गर्ने तयारी गरेको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै सूचीमा नाम प्रकाशित भएका विद्यालयहरुलाई शिक्षा विभागको सम्पर्कमा आउन भनेको हो। महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय सातवटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो।






Post Comment