हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर
२० असोज, हेटौंडा ।
हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजातशिशु बेवारिसे अवस्थामा फेला परेको छ।
हेटौंडाउपमहानगरपालिकामहिला, बालबालिकातथा समावेशीकरणमहाशाखाप्रमुखविष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ।

शिशुको तौलमात्र७५० ग्राम रहेको र अत्यन्तै नाजुकअवस्थामा भेटिएको उनले बताइन्। शिशुलाई सुरुवातीउपचारका लागि हेटौंडाअस्पताललगिएको भएपनिअवस्थागम्भीर देखिएपछिचिकित्सकको सल्लाहअनुसार थपउपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालकइन्दिरा डल्लाकोटीले जानकारी दिइन्। बालगृहको वार्डेनले गेटबाहिर शिशु फेला परेपछितत्काल सम्बन्धितनिकायलाई खबर गरेका थिए।

त्यसपछिमहिलातथाबालबालिकाशाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’को संयुक्तपहलमाशिशुलाई अस्पताल पु¥याइएको हो। शिशु फेलापर्दा उसले लगाएकालुगातथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौंडाउपमहानगरपालिकाले जनाएको छ। साथै, शिशुको आमावाआफन्तका रूपमाकुनै जानकारी हुने व्यक्तिलाई महिला, बालबालिकातथा समावेशीकरणमहाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।




Post Comment