२६ जेष्ठ २०८२, आईतवार

सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

 

२० माघ, काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ । आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्‍याएको थियो ।

अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीका प्रवक्ता तथा इन्सपेक्टर सागर पौडेलले जानकारी दिए । थापासहितका व्यक्तिले कुमारी सहकारी संस्थाको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?