बसमा आगलागी हुँदा चालक घाइते, उपचारको लागि कीर्तिपुर लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
९९ पटक हेरिएको
Shares
बसमा आगलागी हुँदा चालक घाइते, उपचारको लागि कीर्तिपुर लगियो

सारांश

  • काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।
  •   सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको बसमा आगलागी भएको हो।
  • आगलागीबाट बस जलेर नष्ट भएको छ।

 

५ असाेज, काठमाडौं ।

काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।  सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको बसमा आगलागी भएको हो। आगलागीबाट बस जलेर नष्ट भएको छ।

‘रिद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्,’ जिल्ला प्रहरी परिसर काठमाडौँको एसएसपी दिलिप घिमिरेले भने, ‘यात्रु नभएको बसमा आगो लागेको हो। घटना कसरी भयो, हामी बुझ्दै छौँ।’घाइते चालकलाई उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ। आगलागी बारुणयत्रको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गएराति काठमाडौँको बालाजुमा पनि एउटा बसमा आगलागी भएको थियो। सो आगलागीमा परेर बसका चालक र सहचालक घाइते भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?