प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
२९ पटक हेरिएको
Shares
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]

सारांश

  • प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् ।
  • सो क्रममा उनले आफू अब सत्ताको खेलमा नलाग्ने उद्घोष गरे ।
  • योसँगै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताए ।

 

११ भदौ , काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् ।सो क्रममा उनले आफू अब सत्ताको खेलमा नलाग्ने उद्घोष गरे । योसँगै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताए । प्रचण्डले अब जनताका काम गरेर आगामी चुनावमा एक नम्बरको पार्टी बनेर देखाउनेसमेत बताए । त्यतिमात्र होइन कांग्रेस र एमालेलाई सत्ताको लोभमा नफसाउन आग्रह गर्दै चुनावसम्म मिलेर जान पनि आग्रह गरे । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भने प्रश्नैप्रश्न तेर्स्याएका छन् । विशेष गरी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन् ।उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याविनेटबाट निर्णय गराउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’३१ बैशाख, २०७५ मा ट्रंकलाइन र डेडीकेटेड लाइनको विषयमा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् लिई महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न शुरु गरेको स्मरण गराउँदै उनले थपे, ‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीन तीन जना मन्त्री र सचिव सहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली । त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री  केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’ उनले मन्त्रिपषिद्बाट २२ अर्ब उठाउने निर्णय नगरे ओलीको नियत पनि प्रष्ट हुनेसमेत बताएका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती
गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य
स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल