देशका यी स्थानमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
५८ पटक हेरिएको
Shares
देशका यी स्थानमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
  • देशभर साधारणतया बादल लागेको छ।

१९ साउन, काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भूभाग केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेश प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन
गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो
गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो
एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार
एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार
मधेश प्रदेश सभा बैठक :   सरोज सिंहले मागे भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा
मधेश प्रदेश सभा बैठक : सरोज सिंहले मागे भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु
बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो
बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो