सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन ६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन

सारांश

  • सिरहाको नवराजपुरकी रिंकु सादय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
  • मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरेको हो ।
  • उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।

६ फागुन, काठमाडौँ ।

सिरहाको नवराजपुरकी रिंकु सादय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ । सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डेको अवस्थामा फेला परेकी थिइन् । घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
६ महिनामा साढे २० अर्बको धानचामल आयात
६ महिनामा साढे २० अर्बको धानचामल आयात
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै