भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
४९ पटक हेरिएको
Shares
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो

सारांश

  • सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
  • मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले संचारकर्मीहरुसँग कुरा गर्दै १० वटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको बताएका हुन् ।
  • उनले भने,‘नेपाल सरकार र भारत सरकारबीच वभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरुको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं ।

१९ चैत, काठमकाडौं ।

सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले संचारकर्मीहरुसँग कुरा गर्दै १० वटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको बताएका हुन् ।

उनले भने,‘नेपाल सरकार र भारत सरकारबीच वभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरुको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं । १० ओटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको छ । म भारत सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
उनले यो सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृती प्राप्त भएपछि परियोजनाहरु सुरु हुने बताए ।

‘नेपाल र भारत सरकारबीचको सहयोग सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गरी अर्थमन्त्रालयको तर्फबाट भारतीय दुतावासले स्वीकृत गरेपछि परियोजना सुरु हुन्छ । निरन्तर सहयोग हुने कार्यक्रम हो,’ उनले भने ।
उनले एउटा आयोजनाको हकमा अधिकतम २० करोडसम्म सहयोग हुने भन्दै विद्यालयको भवन निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता विषयमा सम्झौता भएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण
पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आ*गलागी
भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आ*गलागी
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो
३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो