ललितपुर महानगरको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ४, २०८३
|
|
२३८ पटक हेरिएको
Shares
ललितपुर महानगरको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ 

सारांश

  • गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।
  • बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
  • उनले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताए ।

४ भदौ, काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् । बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताए । उनले नागरिकलाई राजनीतिक दल वा आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको बताए ।  गृह मन्त्रालयले अहिले लागू गरिरहेका कतिपय प्रणाली ललितपुर महानगरपालिकाले तीन वर्षअघि नै कार्यान्वयन गरिसकेको उनले उल्लेख गरे ।  ‘ललितपुर महानगरले जति पनि काम गर्नुहुन्छ, उहाँहरूको काम नयाँ–नयाँ हुन्छ । गृह मन्त्रालयले अहिले लागू गरिरहेको सिस्टम महानगरले तीन वर्ष अगाडि नै गरिसकेको रहेछ । हामी पुरानो भइसकेछौँ,’ उनले भने । सबै निकायले ललितपुर महानगरको जस्तै प्रभावकारी ढंगले काम गर्ने हो भने देशलाई थप समृद्ध र व्यवस्थित बनाउन सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
कप्तान अनिलको अविजित अर्धशतकमा मधेशले बागमतीलाई हरायो
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
जनकपुरमा ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
जनकपुरमा ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित