देशभरि ८० प्रतिशत धान रोपाइँ सकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
२३६ पटक हेरिएको
Shares
देशभरि ८० प्रतिशत धान रोपाइँ सकियो

सारांश

  • साउन पहिलो सातासम्म देशभरि झन्डै ८० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ ।
  • कृषि विभागको तथ्यांक अनुसार ७ साउनसम्म देशभर ७९.
  • ३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।

७ साउन, काठमाडौं ।

साउन पहिलो सातासम्म देशभरि झन्डै ८० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागको तथ्यांक अनुसार ७ साउनसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । देशभरि कुल १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा रोपाइँ भइसकेको छ ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ६२ हजार २५० हेक्टर क्षेत्रफलमध्ये ९०.६७ प्रतिशत अर्थात् १ लाख ४७ हजार १०६ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । कोशीमा २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिन रहेकोमा हालसम्म ७३.९४ प्रतिशत अर्थात् २ लाख ४ हजार ३४७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । देशको प्रमुख अन्नभण्डार मानिने मधेश प्रदेशमा हालसम्म ७८.६० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । तथ्यांकअनुसार मधेशमा ३ लाख ५८० हेक्टरमा धान रोपिएको छ । गत वर्ष ११ साउनसम्म मधेशमा जम्मा ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष मधेशमा रोपाइँ तीव्र भएको छ ।

लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ८०.६५ प्रतिशत (२ लाख ४३ हजार ४२ हेक्टर) मा रोपाइँ भएको छ । यसैगरी, बागमती प्रदेशमा ७७.३३ प्रतिशत, गण्डकी प्रदेशमा ७८.३६ प्रतिशत र कर्णाली प्रदेशमा ७७.०५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्यांकअनुसार बागमतीमा १ लाख १४ हजार ५२४ हेक्टर, गण्डकीमा ९३ हजार ६०६ हेक्टर र कर्णालीमा ४३ हजार २९० हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र रोपाइँको अवस्थामा सामान्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ११ साउनसम्मको तथ्यांक हेर्दा देशभरि कुल ७८.८४ प्रतिशत रोपाइँ भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग
६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग
महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृ*त्यु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृ*त्यु