समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २१, २०८३
|
|
३९० पटक हेरिएको
Shares
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम

सारांश

  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् ।
  • प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्।
  • उनले भनिन्, ‘समिति र समितिको कार्य क्षेत्र जे हो त्यसमा सरकारलाई किन बोलाइन्छ भने सरकारले त्यो विषयमा आवश्यक तयारी गरेर जवाफ दिन सक्नुपर्छ।

२१ वैशाख, काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्।

उनले भनिन्, ‘समिति र समितिको कार्य क्षेत्र जे हो त्यसमा सरकारलाई किन बोलाइन्छ भने सरकारले त्यो विषयमा आवश्यक तयारी गरेर जवाफ दिन सक्नुपर्छ। तर समितिमा राखिएका कुराहरु एजेण्डाभन्दा बाहिरबाट ल्याइयो भने त्यो प्रश्न र औचित्य प्रभावकारी ढंगले हुँदैन जस्तो मलाई लाग्छ । सरकारले यहाँ उठेका हरेक विषयहरुमा स्पष्ट ढंगले जवाफ दिन्छ त्यो जवाफ भित्र विषयवस्तु एजेण्डाभित्रैकै भए सरकारलाई काम गर्न अझ सहज हुन्छ ।’
उनले सरकारले समितिमा उठेका हरेक विषयमा स्पष्ट जवाफ दिने भएपनि विषय एजेण्डाभित्रै भए काम गर्न अझ सहज हुने बताइन् ।

मन्त्री गौतमले समितिको कार्यसम्पादन प्रभावकारी बनाउन सदस्यहरूबीच पूर्वसमन्वय आवश्यक रहेको पनि उल्लेख गरिन् । ‘समितिका एजेण्डा तय गर्नुपर्ने हो भने बैठकअघि नै सदस्यहरूबीच समन्वय भइसक्नुपर्छ । आकस्मिक रूपमा जानकारी गराएर बिना तयारी उपस्थित हुँदा प्रभावकारी प्रस्तुति सम्भव हुँदैन,’ उनले भनिन् । उनले समितिमा अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकार र समिति सदस्य दुवैले आफ्नो जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने बताइन् । मन्त्री गौतमले सरकारका मन्त्रालयहरू र संसदका समितिहरू फरक–फरक कार्यक्षेत्रका आधारमा स्थापना गरिएको उल्लेख गर्दै ती संरचनाहरूबीच स्पष्ट भूमिकाको पालना आवश्यक रहेको धारणा राखिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो
रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने
रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने
सर्लाही–४ मा मतगणना सुरु
सर्लाही–४ मा मतगणना सुरु
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’