झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को

सारांश

  • दमकदेखि गौरीगन्जसम्म, धरमपुरदेखि ग्वालडुब्बासम्मका बासिन्दाहरू यति बेला स्थानीय सरोकारमात्रै सुनाइरहेका छैनन् ।
  • बरु यिनीहरु उम्मेदवारहरुसँग जेनजी आन्दोलनदेखि राजनीति, भूराजनीतिसम्मका विषयमा यस्तरी प्रश्न उठाइरहेका छन्, मानौं सिंगै देश एउटा निर्वाचन क्षेत्र हो ।
  •   हुन त झापा-५ ले फागुनको चुनावमार्फत् एक सांसद चुन्ने हो, तर यहाँको प्रतिस्पर्धाले केवल क्षेत्रगत होइन, बरु राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ ।

२७ माघ, झापा ।

दमकदेखि गौरीगन्जसम्म, धरमपुरदेखि ग्वालडुब्बासम्मका बासिन्दाहरू यति बेला स्थानीय सरोकारमात्रै सुनाइरहेका छैनन् । बरु यिनीहरु उम्मेदवारहरुसँग जेनजी आन्दोलनदेखि राजनीति, भूराजनीतिसम्मका विषयमा यस्तरी प्रश्न उठाइरहेका छन्, मानौं सिंगै देश एउटा निर्वाचन क्षेत्र हो ।  हुन त झापा-५ ले फागुनको चुनावमार्फत् एक सांसद चुन्ने हो, तर यहाँको प्रतिस्पर्धाले केवल क्षेत्रगत होइन, बरु राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ । अनि अन्तर्राष्ट्रिय जगतको आँखासमेत यो क्षेत्रमा छ ।त्यसैकारण भूकम्पमा प्रयोग हुने प्राविधिक शब्द इपिसेन्टर यति बेला झापा ५ को प्रतिनिधिसभा चुनावतर्फ लक्षित छ ।फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम डिस्कर्डतिर खानपान, संगीत र जीवनशैलीका तस्बिर र रिललाई यहाँका उम्मेदवार र राजनीतिक सरोकारले प्रतिस्थापित गरेका छन् । यस अर्थमा भन्ने हो भने झापा-५ मा यति बेला उम्मेदवार मात्रै होइन, मतदातासमेत चर्चित बनिरहेका छन् ।

तिनका बोली कि त आफ्नै फेसबुकमार्फत्, या कुन-कुनै कन्टेन्ट क्रियटरमार्फत् छ्यापछ्याप्ती छन् । उसो त झापाका अरु क्षेत्रमा पनि चिनिएका राष्ट्रिय नेताहरुबीच प्रतिष्पर्धा छ, तर अल्गोरिदम भने झापा-५ मा मात्रै घुमिरहेको छ । यसअघिका चुनावमा सहर र गाउँका मतदाताबीच भिन्नता हुन्थ्यो, यसपल्ट स्मार्टफोन र सोसल मिडियाका कारण करिब-करिब त्यो भिन्नता मेटिँदो क्रममा छ ।डायस्पोराका नेपालीसमेतले चाख मानेर झापाको चुनाव तयारी हेरिरहेका छन् ।घरमा कुन दलको झन्डा राखियो, अनि घरमुली कुन पार्टीमा आस्था राख्छ भन्ने प्रश्न यहाँ गौण छ । एमालेका एक स्थानीय नेताले भने, ‘यसअघिका चुनावमा आफ्नो भोट दिइवरी छिमेकी समेत सम्झाउन जान्थे मान्छेहरु । अहिले आफ्नै घरकालाई सम्झाउन सकिने स्थिति छैन । अनलाइनखबरको टिमले तीन दिनसम्म यहाँका सबैखाले मतदाता भेट्ने प्रयास गर्‍यो । हामीले शहरका, गाउँका विभिन्न उमेर समूह, अनि सामुदायिक ब्लक, लिंग क्षेत्रका नागरिकसँग प्रत्यक्ष परोक्ष अन्तर्क्रिया गर्यौं ।

दमकदेखि गौरीगन्जसम्म, धरमपुरदेखि ग्वालडुब्बासम्मका बासिन्दाहरू यति बेला स्थानीय सरोकारमात्रै सुनाइरहेका छैनन् । बरु यिनीहरु उम्मेदवारहरुसँग जेनजी आन्दोलनदेखि राजनीति, भूराजनीतिसम्मका विषयमा यस्तरी प्रश्न उठाइरहेका छन्, मानौं सिंगै देश एउटा निर्वाचन क्षेत्र हो । आगामी सरकारका प्रधानमन्त्री भनी प्रचारित गरिएका केपी शर्मा ओली र बालेन्द्र शाह यसै क्षेत्रबाट उम्मेदवार बन्नु यसको मुख्य कारण हो । त्यसो त कांग्रेस उम्मेदवार मन्धरा चिमरिया पौडेल,  नेकपा उम्मेदवार रन्जित तामाङ, श्रम संस्कृति पार्टीका समीर तामाङ, राप्रपाका लक्ष्मी संग्रौला पनि यहीँका उम्मेदवार हुन्, जसका कुरासमेत यति बेला मतदाताबीच पुगिरहेका छन् । तर सडकदेखि सन्जालसम्मको बहसमा भने ओली र बालेन अकाट्य रुपमा स्थापित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा
प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता