हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
७० पटक हेरिएको
Shares
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई

सारांश

  • पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताएका छन् ।
  • मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उनले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताए ।

 

९ जेठ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताएका छन् । मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उनले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताए । उनले परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको स्पष्ट पारे ।

‘नेपालमा हामी सबै समृद्धिको निमित्त जुन चिन्ता गरिरहेका छौं, विभिन्न नाराहरू विभिन्न पार्टी र व्यक्तिहरूले आफ्नै ढंगले लगाउँदै आएका छौं । तर वर्षौदेखि हामी फेरि अल्पविकास गरिबी बेरोजगारी र परनिर्भरताको जुन दुष्चक्रमा फसेका छौं,’ डा. भट्टराईले अघि भने, ‘त्यसबाट निस्कने अनेक प्रयत्न गर्दागर्दै सकिरहेका छैनौं । त्यसले एउटा गम्भीर विमर्शको माग चाहीँ गर्छ । त्यसैले यो पुस्तकको महत्त्वपूर्ण पक्ष पनि विचार विमर्शको माग हो ।’ अबको विकास एशियाली मुलुकहरूतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको डा. भट्टराइको भनाइ थियो ।

‘नेपालले विश्वसँग पदचाप मिलाएर जानसक्यो खासगरी छिमेकका दुई ठूला अर्थतन्त्र भएका मुलुकसँग पदचाप मिलाएर जानसक्यो भने नेपाल पनि गरिबी, बेरोजगारीको जुन दुष्चक्रमा परेका छौं, त्यसभन्दा माथि उठ्नसक्ने सम्भावना बढेको छ,’ भट्टराईले भने, ‘यदी यसैलाई ध्यान दिएर हामी आगाडि जाने हो । तर किन यो भइरहेको छैन भने हामीले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरू त लेख्यौं, इच्ष्टिच्यूटहरू हामी बनाउँदैछौं, चेतना शिक्षा पनि फैलिँदैछ ।’ उनले अबको विकास एसियाली मुलुकहरूतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता रहेको बताए ।

‘अबको विकास एसियाली मुलुकहरुतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैगरी पर्यावरण सन्तुलन कायम गर्नेतर्फ पनि काम गर्नु आजको मुख्य आवश्यकता हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘हिजोको साम्यवादले काम हुँदैन तर नाम जेसुकै नाम दिएपनि वृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । दलका आआफ्ना राजनीतिक प्रतिबद्धता हुन्छन् तर देशको हकमा भने साझा धारणा बनाउनुपर्छ । त्यसले समृद्ध नेपाल बन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआईएमबीको संस्थापक सेयर बिक्रीमा
एनआईएमबीको संस्थापक सेयर बिक्रीमा
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध
देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री