१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा

सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् ।
  • पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।
  • ‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ ।

३० वैशाख, काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।

‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छौं, देशको समृद्धि र प्रगति चाहन्छौं ।’संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको चेतावनी छ । त्यस्तो दुष्प्रयास भए असजिलो परिस्थिति निर्माण हुने थापाले बताएका छन् ।‘हामी राष्ट्रियता बलियो बनाउन चाहन्छौं । प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदैछ । त्यो चिर्दै अघि बढ्छौं,’ अध्यक्ष थापाले भने, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ । दमन गर्न तर्फ अग्रसर भई जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुनेछ ।’ राजावादी पार्टी र संघसंस्थाहरूले आगामी १५ जेठबाट अनिश्चितकालीन जनआन्दोलन अघि बढाउने घोषणा गरेका छन् । त्यसको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन थापाले कार्यकर्तालाई निर्देशनसमेत दिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई  गाउँपालिकाको  १० लाख राहत
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई गाउँपालिकाको १० लाख राहत
प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास