कर्णाली याक्सको लगातार तेस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कर्णाली याक्सको लगातार तेस्रो जित

सारांश

  • विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।
  • सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
  • ५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ ।

२५ मंसिर, काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।

सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो । ५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । कर्णाद्यीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान ६ अंक भएपनि कर्णाली नेटरनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । कर्णालीका लागि ग्लसन झाले अविजित रहँदै ४९ रन बनाए । उनले ३७ बल खेलुदै ३ चौका र ४ छक्का प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्का मदतमा ४२ रन योगदान गरे । १४ रनमै २ विकेट गुमाएको कर्णालीका लागि वाल्टन र गुल्सनले ६० रनको साझेदारी गरेका थिए । विलियम बोसिस्टो २ रनमा अविजित रहे । ओपनिङमा आएका बाबर हायत ७ रनमा बउट हुँदा खेव खनालले खाता खोल्न सकेनन् । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको थियो । विलियम बोसिस्टोले उत्कृष्ट बलिङ गर्दै एक्लद्ये ६ विकेट लिएपछि पोखरा अलआउट भएको थियो । बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले  समान एक/एक विकेट लिए । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै
पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै