प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
७० पटक हेरिएको
Shares
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

सारांश

  • तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ ।
  • पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।
  • विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।

 

२९ वैशाखः काठमाडौँ,  

वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।” आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् ।

अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ । मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।” मौसम खराबीका कारण अबको तीन÷चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ ।

मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ । सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो । हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ । कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ । मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गर्नुभयो । नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ ।

त्यस्तै इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गर्नुभएको छ । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गर्नुभएको छ । आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन् । त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ । वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए । योे याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, यस्तो छ नयाँ दर
बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, यस्तो छ नयाँ दर
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी