सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३० पटक हेरिएको
Shares
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

सारांश

  • सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना गरिँदै छ ।
  • यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ ।
  • सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा हिमाली संवाद हुन लागेको हो ।

 

७ वैशाख, काठमाडौं ।

सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना गरिँदै छ । यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ ।

सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा हिमाली संवाद हुन लागेको हो । यसमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न मञ्च प्रदान गर्नेछ । स्थानीय मुद्दाहरूलाई राष्ट्रिय मञ्चहरूसँग जोड्दै, हिमाली संवादले हिमाली समुदायहरूभित्र एक प्रमुख मञ्चका रूपमा काम गर्ने वाइएइका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए । “सगरमाथा संवादको बृहत् एजेन्डा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सँग मेल खाने गरी राष्ट्रिय र अन्तरराष्ट्रिय नीतिगत वार्ताहरूमा समुदायका आवश्यकताहरूको अर्थपूर्ण एकीकरणका लागि बालबालिका र युवाका लागि स्थान र आवाज उठाइनेछ”, उनले भने ।

हिमाली संवादका मुख्य उद्देश्यहरू बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने, उमेर–संवेदनशील जलवायु नीतिहरूको वकालत गर्ने, स्थानीय वास्तविकताहरूलाई विश्वव्यापी जलवायु ढाँचाहरूसँग जोड्ने र सफल समुदाय–नेतृत्वका जलवायु पहलहरू प्रदर्शन गर्ने रहेका छन् । संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब एक सय ५० जनाको सहभागिता रहने छ । जलवायु परिवर्तन र वातावरणीय ह्रासले बालबालिका तथा हिमाली क्षेत्र जोखिमपूर्ण बन्दै गएको विज्ञ बताउँछन् । वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान गरे तापनि, यी क्षेत्रका बालबालिकाले यसका विनाशकारी परिणामहरूको सबैभन्दा बढी मार खेपिरहेका छन् ।

नेपालका हिमाली समुदायहरूमा, बालबालिकाहरूले जलवायु परिवर्तनका चरम मौसमी घटनाहरू, वायूप्रदूषण र पानीजन्य रोगहरूको सामना गरिरहेका छन्, जसले उनीहरूको जीवन रक्षा, शिक्षा, संरक्षण र समग्र कल्याणमा असर पारिरहेको छ । त्यस्ता प्रभावित समुदायको न्यायका लागि आवाज बुलन्द गर्न हिमाली संवाद आयोजना गर्न लागिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए । विसं २०७८ को जनगणना अनुसार मुलुकको कूल जनसङ्ख्याको ३३ दशमलव आठ प्रतिशत बालबालिका छन् । नेपाल भूगोल र सामाजिक–आर्थिक चुनौतीहरूका कारण विश्वका सबैभन्दा जलवायु जोखिमयुक्त देशहरूमध्ये एक हो । हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनका असरहरू झनै गम्भीर छन् । मौसममा परिवर्तन, हिमनदी पग्लनु र पानीको आपूर्ति घट्नुले पहिरो, बाढी र खडेरीजस्ता विपद्हरूको आवृत्ति बढाउँछ ।

पछिल्ला केही दशकमा नेपालले जलवायुजन्य घटनाहरू बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला विपद्मा सेती बाढी, जुरे पहिरो, मेलम्ची बाढी, कर्णाली/पश्चिम तराई पहिरो/बाढी, थामे बाढी पहिरो र काठमाडौँ उपत्यका बाढीलगायत रहेका छन् । कर्णाली क्षेत्रले बढ्दो खडेरी र चरम पानीको अभावको सामना गरिरहेको छ, जसले कृषि उत्पादकत्व घटाएको छ । यी चुनौतीहरूले जीविकोपार्जनलाई गम्भीर रूपमा कमजोर बनाएका छन् । बसाइँसराइ, कुपोषण, शिक्षामा अवरोध र बालविवाहमा योगदान पुर्याएका छन्, जसले बालबालिकामा दीर्घकालीन प्रभावहरूलाई बढाउँदै लगेको क्रिडाकका कार्यकारी निर्देशक शाहीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लन्डनमा सुतेकै अवस्थामा मृ*त भेटिए नेपाली विद्यार्थी
लन्डनमा सुतेकै अवस्थामा मृ*त भेटिए नेपाली विद्यार्थी
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक