Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।
  • हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका प्रचण्डले संविधान संशोधनमार्फत् यसलाई बदल्नुपर्ने बताएका हुन् ।
  • सुनसरीको धरानमा आइतबार किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले हालको निर्वाचन प्रणाली चुनावमा पैसा खर्च गर्न सक्नेहरूको पक्षमा रहेको बताए ।

२८ वैशाख, धरान ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका प्रचण्डले संविधान संशोधनमार्फत् यसलाई बदल्नुपर्ने बताएका हुन् । सुनसरीको धरानमा आइतबार किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले हालको निर्वाचन प्रणाली चुनावमा पैसा खर्च गर्न सक्नेहरूको पक्षमा रहेको बताए । ‘संविधानमा अहिले व्यवस्था गरिएको निर्वाचन प्रणाली जनताको पक्षको होइन, पैसावालाहरूको पक्षको निर्वाचन प्रणाली हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई बदलेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद् रहने निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ र त्यसका लागि संविधान संशोधन अपरिहार्य छ ।’

उनले संविधानलाई अझै बढी समावेशी र समाजवादउन्मुख बनाउन आवश्यक रहेको बताए । शान्ति प्रक्रियामा आएपछि माओवादी जनताबाट केही टाढा भएको दोहोर्‍याउँदै प्रचण्डले केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको र अब देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा रहेको जिकिर गरे । उनले पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका नेता र दलहरूले माओवादीसँग सहकार्य गर्नु पर्ने बताए ।

देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्न त्यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ । ‘मैले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु । घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादी प्रति नकारात्मक हुनु आवश्यक छैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने