कदर पत्र वितरणमा भेदभाव
अमरेश पाण्डे
३० असोज- बारा । ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले आयोजित कार्यक्रममा वितरण गरिएको कदर पत्रमा विभेद भएको खुलासा भएको छ।
अपराध नियन्त्रण र समाजमा शान्ति-सुरक्षा कायम गर्नमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने संचारकर्मीलाई सम्मान गरिएको भए पनि, उक्त कदर पत्र बाँडफाँडमा चाटुकारितालाई प्राथमिकता दिइएको आरोप बरेलीका संचारकर्मीहरुले लगाएका छन्। बरेलीका संचारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खडकामाथि चाटुकारिता गर्ने पत्रकारलाई प्राथमिकता दिएर कदर पत्र वितरण गरेको आरोप लगाएका छन्। उनीहरुको भनाइमा, खोजमूलक पत्रकारितालाई पाखा लगाउँदै प्रहरीको अनुचित कार्यलाई ढाकछोप गर्ने र चाटुकारितामा लिप्त पत्रकारहरुलाई मात्र कदर पत्रबाट सम्मान गरिएको छ। कार्यक्रममा सहभागि एक संचारकर्मीले भने, “प्रहरी प्रमुखले अवैध कार्यहरूमा संलग्न पत्रकारहरुलाई सम्मान गर्दै समाजमा विकृति फैलाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समर्थन गरेको देखिन्छ।
” उनका अनुसार सीमाबाट हुने अवैध कृयाकलापबाट लाभ लिने र प्रहरीसँग मिलेर तस्करीमा संलग्न हुने पत्रकारहरुलाई मात्र सम्मान गरिएको भन्दै प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बरेलीका संचारकर्मीहरुले प्रहरी प्रमुख खडकाको निर्णयलाई निष्पक्ष पत्रकारितामाथि खिल्ली उडाउने कार्यको संज्ञा दिएका छन्। उनीहरुका अनुसार, समुदायमा विवाद फैलाउन सक्ने गतिविधिहरूमा संलग्न व्यक्तिहरुलाई पनि कदर पत्रबाट सम्मानित गर्नु अत्यन्त खेदजनक रहेको छ। प्रहरी प्रमुखको यस प्रकारको निर्णयले निष्पक्ष र निर्भीक पत्रकारिताको महत्वलाई कमजोर पारेको आरोप उनीहरुले लगाएका छन्।
संचारकर्मीहरुमाथि विभेदको आरोप कार्यक्रममा पत्रकारितालाई जिम्मेवार र सत्यतामा आधारित रूपमा अघाडि बढाउने संचारकर्मीहरुलाई पाखा लगाउँदै चाटुकारितामा लिप्त संचारकर्मीहरुलाई प्राथमिकता दिनु प्रहरी प्रशासनको निष्पक्षताको प्रश्न चिन्ह लगाउने ठहर बरेली संचारकर्मीहरुले गरेका छन्। “प्रहरी प्रशासनको इमान्दारीता र निष्पक्षता सवाल उठेको यो घटनाले समाजमा नकारात्मक सन्देश पुर्याएको छ,” एक संचारकर्मीले भने। जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा निष्पक्ष र इमान्दारीपूर्वक कार्य गर्ने पत्रकारहरुलाई कदर गर्ने हो कि चाटुकारितालाई नै बढावा दिने हो भन्ने प्रश्न समाजमा गहिरो रूपमा उठिरहेको छ।
Post Comment